

काठमाडौँ, १३ भदौः संघीय मन्त्रिपरिषद् बैठक आज (भदौ १३) बस्दै छ । बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्रीले आजै दिउँसो १ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने तय छ ।
प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमण गर्दै छन् ।