उर्लाबारीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते ।

उर्लाबारीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते ।

कोशी आवाज २०८२ भदौ १० गते मंगलबार ।

मोरङ, रङ्गेली । उर्लाबारी नगरपालिका–३ थापा चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९३ प ३५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राजमार्गमा नव निर्मित कल्भर्टमा राखिएको ड्रम डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते दुवै जनालाई तत्कालै उद्धार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक झापा जिल्ला बिर्तामोड नगरपालिका–६ बस्ने ३० वर्षीय प्रकाश भट्टराई टाउको र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन् भने मोटरसाइकलमा सवार कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–३ बुट्टाबारीका २५ वर्षीय अर्जुन चन्दको टाउको र दुवै खुट्टा घाइते भएका छन्। दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि मोटरसाइकल अस्थायी प्रहरी पोस्ट मंगलबारेको नियन्त्रणमा रहेको छ।