

सुन्दरहरैचोकमा बोलेरो र ट्रक ठोक्किँदा एक जना घाइते ।
कोशी आवाज २०८२ भदौ १० गते मंगलबार ।
मोरङ रङ्गेली । सुन्दरहरैचा नगरपालिका–९ बिराटचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो बोलेरो गाडी र ट्रक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।
धनकुटा नगरपालिकाको को २ झ ५०४ नम्बरको सरकारी बोलेरो गाडी बेलबारीबाट बिराटचोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९७९९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरो चालक मोरङको बेलबारी नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रेम भुजेले घाइते भएका छन्। उनको निधारमा चोट लागेपछि सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार गरिएको र अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक झापा कन्काई नगरपालिका–५ बस्ने ३४ वर्षीय नरेन्द्र खड्कालाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको जनाएको छ।