सुन्दरहरैचामा स्कुटर दुर्घटना, दुई जना घाइते ।

सुन्दरहरैचामा स्कुटर दुर्घटना, दुई जना घाइते ।

कोशी आवाज २०८२ भदौ १० गते मंगलबार ।

मोरङ, रङ्गेली । सुन्दरहरैचा नगरपालिका–१२ स्थित बिराटचोक–केराबारी भित्री सडकखण्डमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

बिराटचोकबाट केराबारीतर्फ जाँदै गरेको प्र १–०२–०४७ प १०३१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङ सुन्दरहरैचा–८ बस्ने ३० वर्षीय स्कुटर चालक निसान कार्कीको अनुहार र शरीरका विभिन्न भागमा चोट लागी मध्यम घाइते भएका छन्। त्यस्तै, स्कुटरमा पछाडि सवार सुन्दरहरैचा–१२ बस्ने ३३ वर्षीय निसान मगर हातखुट्टामा सामान्य चोट लागेका छन्।

घाइते दुवैजनालाई उपचारका लागि नोबेल अस्पताल, बिराटनगर पठाइएको छ। दुर्घटनापछि स्कुटर इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।