रंगेलीमा मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।
रंगेलीमा मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।

मोरङ रङ्गेली । रंगेली नगरपालिका–८ दर्वेसा चोकस्थित रंगेली–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको मे.९ प.६२६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक दिपेश ताजपुरिया (१९), दर्वेसा, रंगेली–८ गम्भीर घाइते भएका हुन्। उनको अनुहार, टाउको, दुबै हात–खुट्टा, छाती र पेटमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि सवार भुवन मण्डल (१७), दर्वेसा, रंगेली–८ भने अनुहार, दुबै हात र खुट्टामा चोट लागी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालले चालक दिपेश ताजपुरियालाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर रिफर गरेको छ भने भुवन मण्डललाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोहमनाबाट टोली खटिएको र दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।