

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी ७१ लाख बढी अवैद्य रुपैया बरामद
कोशी आवाज २०८२ चैत्र ४ गते आइतबार
सिरहा: सिरहा प्रहरीलाई ठुलो सफलता मिलेको छ। सिरहा पचलाएको सर्च अभियानमा विभिन्न स्थानबाट लागुऔषध कारोबारी र श्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ ।उनीहरुबाट एकहतरी लाखसहित लागुऔषध बराद गरेको हो। सो जानकारी प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।
शुक्रबार साँझ समयमा लहान नगरपालिका वडा नम्बर—१२ भोटिया टोलस्थितबाट दुई भाई बहिनीलाई लागुऔषध खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले को ५ प ६९२७ नम्बरबो कालो रातो रङगको पल्सर मोटरसाईकललाई चेकजाँच गर्दा लहान नगरपालिका वडा नम्बर— २२ बस्ने बिरेन्द्र यादवको छोरा ३२ वर्षीय दिनेश कुमार यादव र सोही मोटरसाईकमा पछाडी सवार दिनेशकी बहिनी अन्दाजी २४ वर्षीय किरण कुमारी यादवलाई पक्राउ गरिएको हो।
उनीहरुमाथि शंका लाग्दा चेकजाँचको क्रममा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित २२ ग्राम, प्लाष्टिक बिना २१ ग्राम र नेपाली रुपैयाँ नगद रु एकावन्न हजार ४५ रुपैयाँ तत्कालै बरामद गरेको थियो ।
सिरहा प्रहरीले उनीहरुको मोबाईल नियन्त्रणमा लिएर उनीहरु बस्ने घरमा खान तलासी गर्दा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १८६ ग्राम, प्लाष्टिक बिना १८ ग्राम र नगद नेपाली रु. चौवन्न लाख पैसठी हजार सात सय ३५ रुपैयाँ र भारु पैतीस हजार ७८ रुपैयाँसहित मोबाईल छ थान कोठाबाट डिजिटल तराजु १ थान फेला परेको सिरहा प्रहरीले जनाएको छ।
सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान अनुसार यसभन्दा पहिला दिनेश यादव विसं.२०८० साउन १२ गते लागूऔषध खैरो हिरोईन पलाष्टिक पोकामा ४.४ ग्राम र ३.६ प्लाष्टिक बिना पक्राउ गरी मुद्धा पूर्वपक्षको लागि कारागार चलान भई विसं.२०८० माघ ५ गतेको फैसलाले छ महिना कैद भुक्तान गरी छुटेको थियो। प्रवक्ता पासवानले उनीहरु ड्रग्स कारोबारी रहेको प्रमाण फेला पारेको बताए ।
यस्तै, शनिबार बरियारपट्टि गाउँपालिका वडा नम्बर— ३ चमार टोल स्थितबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको चेकिङ्ग टोलीले भारत लदनियाबाट बरियारपट्टि तर्फ आउदै गरेको प्र. २–०१–००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार सिरहाको औरही गाउँपालिका वडा नम्बर—३ बस्ने राज कुमार यादवको छोरा अन्दाजी बर्ष २० को कृष्ण कुमार यादव र सोहि पछाडी सवार वडा नम्बर—२ का तुलसिपुर बस्ने सोनेलाल रायको छोरा १९ बर्षीय निरज रायलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ७१० मिलि ग्राम ब्राउनसुगर लागु औषध बरामद गरी मोटरसाईकल सहित कारर्वाही प्रक्रिया अगाडइी बढाएको हो । उनीहरलाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थप अनुसनधान भर्ई रहेको प्रहरीले जनाएको छ।
यस्तै सिरहा प्रहरीले शनिबार नै सिरहा नगरपालिका वडा नम्बर— २ स्थित महाबिर चौक देखि अन्दाजी ३० मिटर पश्चिम बसबिट्टा जाने बाटोमा भारत जयनगर बाट बसबिट्टातर्फ भारतीय नम्बर प्लेटको मोसा सवार भई जादै गरेको सिरहा नगरपालिका वडा नम्बर—१७ का ४५ वर्षीय सन्जय कारकलाई शंका लागी चेकजाँच गर्दा उनको शरिरको कम्मरमा बाँधिएको हरियो कपडा दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएकोहरू बाट स्रोत नखुलेको रु. सोह्र लाख ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
सिरहा जिल्ला अदालतबाट छ दिनको म्याद लिएर थप अनुसन्धान भई रहेको सिरहा प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले जानकारी दिए ।