सिरहा प्रहरी द्वारा लागूऔषध सहित तीन जनालाई पक्राउ ।

सिरहा प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ।

कोशी आवाज २०८२ चैत्र ५ गते सोमबार ।

बिराटनगर । सिरहा प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नरहा गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षिय संजय दास,सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन् ।

आइतबार संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए ।

उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको छ ।