कांग्रेस उपसभापतिका उम्मेदवार देवराज चालिसेले उम्मेदवारी फिर्ता लिए ।

कांग्रेस उपसभापतिका उम्मेदवार देवराज चालिसेले उम्मेदवारी फिर्ता लिए ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

चालिसेले मंगलबार उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। उनले बुधबार निर्वाचन समितिको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

चालिसेले सभापति गगनकुमार थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि काठमाडौंको खुलामञ्चमा महाधिवेशन जारी छ।