सिटिजन बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय रंगेली द्वारा ८० जना विद्यार्थीहरूलाई ब्याग वितरण गरिएको छ ।

सुनबर्सी नगरपालिका वार्ड नं ९ भेरुवा स्थित श्री विपी आधारभूत विद्यालय मा ८० जना विद्यार्थीहरूलाई स्कुल जाने ब्याग सहयोग स्वरूप वितरण गरिएको छ।

कोशी आवाज २०८२ जेठ ६ गते मङ्गलबार

सुनवर्षी वार्ड नं ९ भेरुवा स्थित श्री विपी आधारभूत विद्यालयमा समाजिक दायित्व कार्यक्रम आयोजनामा सिटिजन बैंक इन्टरनेसनल लिमिटेड शाखा रङ्गेलीद्वारा विद्यार्थीहरूलाई ८० थान स्कुल जाने ब्याग वितरण गरिएको हो ।


मोरङको सुनबर्सी नगरपालिका वार्ड नं ९ स्थित १ कक्षा देखी ४ सम्माका ८० जना बिधार्थीहरुलाई सिटिजन बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय रंगेली द्वारा सामाजिक उत्तरदायित्व कोष अन्तर्गत बिधालयमा ८० जना विद्यार्थीहरूलाई सहयोग स्वरूप ब्याग वितरण गरीएको छ।


उक्त कार्यक्रम श्री विपी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष” स्कुल प्रधानाध्यापक “सिटिजन इन्टरनेसनल लिमिटेड बैंक रङ्गेली शाखा प्रबन्धक ईश्वरीप्रसाद पौडेल र कर्जा विभाग प्रमुख अङ्कित दाहाल साथै सिटिजन बैंकका कर्मचारी तथा स्कुल व्यवस्थापन समितिका पदाधिकारी स्कुलका कर्मचारी र विद्यार्थीहरू लगायत उपस्थितिमा भव्य र सभ्य को साथ ८० जना विद्यार्थीहरूलाई ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छन ।