

जहदामा बाख्रा चोरी गर्ने दुई जना नियन्त्रणमा ।
कोशी आवाज २०८२ भदौ ४ गते बुधबार ।
मोरङ, रङ्गेली । जहदा गाउँपालिका–४ निवासी ४० वर्षीया देवशेरिया देवी मुखियाको बाख्रा चोरी गरी लैजाने क्रममा दुई जना युवक पक्राउ परेका छन् ।
स्थानियले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको टोलीले को १ ह ७१३४ नम्बरको टेम्पुमा बाख्रा चोरी गरी लैजाँदै गरेका मोरङ धनपालथान–६ कदमहा निवासी २४ वर्षीय मोहम्मद मकुल मिया र सोही ठाउँका २० वर्षीय अजय सोनारलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले मुखियाको घर नजिकै नहरमा बाँधिएको बाख्रा चोरी गरी टेम्पुमा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना, चोरीमा प्रयोग गरिएको टेम्पु र बाख्रा समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
तस्बिर AI