पथरी शनिश्चरेमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्री घाइते ।

पथरी शनिश्चरेमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्री घाइते ।
कोशी आवाज २०८२ भदौ ४ गते बुधबार ।

मोरङ, रङ्गेली । पथरी शनिश्चरे नगरपालिका–५ किर्तिपुर हसन्दह भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएकी छन्।

प्रहरीका अनुसार प्रदेश १–०२–०४१ प ९१०६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी सोही वडाकी २३ वर्षीया सरु दाहाल मिश्रलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा टाउकोमा चोट लागेर घाइते भएकी मिश्रलाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।

मोटरसाइकल चालक पथरी शनिश्चरे–५ निवासी २६ वर्षीय तिलक बिकलाई भने केही भएको छैन र उनी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकललाई अस्थायी प्रहरी पोस्ट किर्तिपुरको नियन्त्रणमा रहेको छ।