

महा शिव गंगा आरति कार्यक्रम सफलतापूर्वक सम्पन्न ।
कोशी आवाज २०८२ श्रावण ५ गते सोमबार ।
मोरङ रंगेली । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १९ स्थित घिनाघाटमा श्रावणको पहिलो सोमबारको अवसरमा “महाशिव गंगा आरति” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा आयोजित यस कार्यक्रममा विभिन्न भजन मंडली समूहका साथ साथै झाँकी प्रदर्शन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता ईश्वर खतिवडाले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा श्री श्री नन्द किशोर भारद्वज (सतासी धाम पिठ) ले सहभागी हुनु भएको थियो। कार्यक्रममा समाजका विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।भक्तजनहरूको भव्य सहभागिताले आजको कार्यक्रमलाई विशेष रूपमा रमाइलो र महत्त्वपूर्ण बनाएको थियो। “हर हर महादेव” जस्ता भक्ति गीतहरूका साथमा दिइएको आरति विशेष आकर्षणको केन्द्रमा रहेको थियो।
यस भव्य कार्यक्रमले स्थानिय समुदायमा धार्मिक सद्भावको सन्देश फैलाउने उद्देश्य पनि राखेको थियो। समग्रमा, महासीव गंगा आरति कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक एकताको एक अद्भुत उदाहरण प्रस्तुत गरेको छ।
हर हर महादेव!