रङ्गेली मालपोत कार्यालयमा अनियमितता  कर लाभकर छली भ्रष्टाचारीको सीमा छैन , छानबिनको माग तीव्र ।

रङ्गेली मालपोत कार्यालयमा अनियमितता कर लाभकर छली भ्रष्टाचारीको सीमा छैन , छानबिनको माग तीव्र ।

कोशी आवाज २०८२ कार्तिक १६ गते आइतबार ।

मोरङ । रङ्गेली मालपोत कार्यालयमा कर छली र सरकारी जग्गा हेरफेर जस्ता अनियमितता भएको आशंका सार्वजनिक भएको छ। स्थानीयवासी र सेवाग्राहीहरूले कार्यालयभित्रका कार्यप्रक्रिया पारदर्शी नदेखिएको र केही कर्मचारीहरूले ऐलानी सरकारी जग्गा अरूको नाममा सार्ने प्रयास गरेको आरोप लगाएका थियो ।

स्रोतका अनुसार, घटना सार्वजनिक भएपछि केही विवादित फाइलहरू खारेज गरिएको बताइन्छ। तर सम्बन्धित अधिकारीमाथि अहिलेसम्म ठोस कारबाही नहुँदा जनगुनासो बढ्दै गएको छ।

अझ थुप्रै अनियमितता गलत गतिविधि काम भएको छ। तर यस विषयमा कुरा उठाउँदा स्थानीय पत्रकारहरू माथि नै हातपात गर्दै आएको छ । मालपोत कार्यालय परिसरमा असुरक्षाको वातावरण रहेको भन्दै राज्यका निकायहरूलाई निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले भ्रष्टाचार र अनियमितता अन्त्यका लागि नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

यस विषयमा सम्बन्धित निकायले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।