सहकर्मीसँग ‘एक कप चिया’ कार्यक्रम सम्पन्न, असारमा जन्मिएका प्रहरीको सामूहिक जन्मोत्सव मनाइयो ।
कोशी आवाज २०८३ असार ३२ गते बिहिवार ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य र कार्य–समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया (Tea with Team)’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिसँगै असार महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको सामूहिक रूपमा जन्मोत्सव मनाइएको थियो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र, सन्तोष श्रेष्ठ, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू तथा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यस्ता कार्यक्रमले सहकर्मीबीच आत्मीयता, पारस्परिक विश्वास, सकारात्मक कार्य वातावरण तथा टोली भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।