गणेशमान सिंह फाउण्डेशन  र  लायन्स क्लब अफ बिराटनगर को संयुक्त आयोजनामा बृहत स्वास्थ शिविर तथा रक्तदान  कार्यक्रम सुरु भएको छ l

धनपालथान गापा -३ सोराभाग स्थित शिव शक्ति माबी सामुदायिक बिधालयको प्राङ्गणमा गणेशमान सिंह फाउण्डेशन र लायन्स क्लब अफ बिराटनगर को संयुक्त आयोजनामा ” बृहत स्वास्थ शिविर तथा रक्तदान ” कार्यक्रम सुरु भएको छ ।

कोशी आवाज २०८२ जेठ १० गते शनिबार ।

मोरङ । धनपालथान गाउँपालिका-३ सोराभाग स्थित शिव शक्ति माबी सामुदायिक बिधालयको प्राङ्गणमा गणेशमान सिंह फाउण्डेशन र लायन्स क्लब अफ बिराटनगर को संयुक्त आयोजनामा ” बृहत स्वास्थ शिविर तथा रक्तदान ” कार्यक्रमको अध्यक्षता गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष फुल कुमार लालबानी , प्रमुख अथिती माननीय स्वास्थ मन्त्री प्रदीप पौडेल ,विशिष्ट अथिती कोशी प्रदेश सांसद अमृत कुमार अर्याल,प्रदेश सांसद गयानन्द मण्डल,प्रदेश सांसद डोल्मा तामाङ अथितीहरु धनपालथान गापा अध्यक्ष जिवछ गच्छदार , उपाध्यक्ष नसिमा बानो ,जहदा गापा अध्यक्ष जितेन्द्र प्रसाद साह, लायन्स क्लब अफ बिराटनगर अध्यक्ष निर्मल दाहाल , रेडक्रस मोरङ अध्यक्ष सुकदेव मण्डल, विभिन्न वडाका अध्यक्ष हरु जनप्रतिनिधि स्वास्थ प्रतिनिधि, स्थानीय युवा क्लबका प्रतिनिधि हरु कर्मचारी लगायातको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ मन्त्री प्रदीप पौडेलले
सरकारले सरकारि संस्था हरु बाट मात्र नभएर निजि छेत्र हरुले पनि स्वास्थ छेत्र हरुमा यस्ता शिविर हरु आयोजना गरेर नागरिकको सुरक्षा लाई ब्यवस्थापन गर्दै मानवीय स्वास्थ लाइ सुदृढ गर्नुपर्ने बताएका छ।

अहिले स्वास्थ बिमामा देखिएको कमि कमजोरी लाई हटाउन मन्त्रालयले आउने बजेटमा स्वास्थ बिमा लाई थप ब्यव्स्थित गर्न प्रस्ताव अगाडि बढाइएको उल्लेख गरे”
मन्त्री पौडेलले यस्तै शिविर हरु लगाएर नागरिक हरुको स्वास्थ अवस्था बुझ्ने र जटिल रोग हरुको पहिचान गरि उपचार सम्भव पार्नु पर्ने धारणा राखेको छन्।

“छ्य रोग उन्मुलन भइसक्यो” भनेर हामी भन्छौ तर अहिले पनि देशभित्र छ्य रोग जटिल रूपमा रहेकोले ,छय रोग सहित १४ बर्सका बालबालिका हरु लाई क्यान्सरको निशुलक उपचार , केमु थेरापि निशुलक, मुटु समन्धी रोगहरु लगायत नेपालको स्वास्थ छेत्रमा आमूल सुधार गर्न मन्त्रालय लागि परेको बताउनुभयो ।

उक्त जारी स्वास्थ्य शिविर कार्यक्रममा
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल बिराटनगरका प्रविधिक चिकित्सक हरु द्वारा

म्युरो सम्बन्धी सेवा, हाडजोर्नी सेवा, फिजिसियन सेवा, ग्यास्ट्रोलोजी सेवा, यूरोलोजी सेवा, नवजात शिशु तवा बालरोग सेवा ,डाइंटिसियन सेवा,चर्म ,छाला रोग सेवा, नेत्ररोग सेवा, मानसिक रोग सेवा जनरल सर्जरी सम्बन्धी परामर्श,प्याथोलोजी सम्बन्धी सेवा, फिजियोथेरापी सेवा, लगायत बृहत स्वरुपमा संचालन गर्ने तथा करिब २ हजार जनाले दिनभर सेवा लिने आयोजकले जानकारी दिए