रंगेलीमा डेंगु सचेतना तथा सुरक्षात्मक सामग्री वितरण कार्यक्रम आयोजना हुने ।
कोशी आवाज २०८३ असार २३ गते मंगलवार ।
बिराटनगर । रंगेली नगरपालिका क्षेत्रमा डेंगु संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चान्दनी फाउन्डेसन र रोटर्याक्ट क्लब अफ काठमाडौं युनिभर्सिटी (RAC-KU) को सहकार्यमा समुदायमा आधारित “डेंगु सचेतना तथा सुरक्षात्मक सामग्री वितरण” कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममार्फत स्थानीय बासिन्दालाई डेंगु रोग, यसको लक्षण, रोकथामका उपाय तथा आवश्यक सावधानीबारे जानकारी प्रदान गरिनेछ। साथै सहभागीहरूलाई मच्छरबाट बच्नका लागि मच्छरदानी वितरण समेत गरिने आयोजकले जनाएको छ।
आयोजकले रंगेली नगरपालिकाका सम्पूर्ण स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई सही जानकारी हासिल गर्न तथा आफ्ना परिवार र समुदायलाई डेंगुबाट सुरक्षित बनाउन आग्रह गरेको छ।
“डेंगु रोकौँ, स्वस्थ रंगेली निर्माण गरौँ।” 🦟💙