रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० बिरुवा रोपण तथा वितरण ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० बिरुवा रोपण तथा वितरण

कोशी आवाज २०८३ असार २४ गते बुधबार ।

विराटनगर । वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मोरङको झोराहाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबको पहिलो चरणअन्तर्गत म्याङ्गोस्टिन, तेजपत्ता, कपूर तथा हर्रोलगायत विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिनुका साथै स्थानीय समुदायलाई पनि वितरण गरिएको थियो।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले रोपिएका बिरुवाले वातावरण संरक्षणमा टेवा पुर्‍याउनुका साथै भविष्यमा समुदायलाई आर्थिक तथा पोषणसम्बन्धी लाभसमेत पुग्ने उद्देश्यले बिरुवा वितरण गरिएको बताइन्।

उनले आगामी दिनमा पनि वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न क्लब प्रतिबद्ध रहने उल्लेख गरिन्।