नेपाली कांग्रेस कोशी प्रदेशको सहमहामन्त्रीमा अमरेन्द्र कुमार साहको दाबी, चुनावी अभियान तीव्र ।

नेपाली कांग्रेस कोशी प्रदेशको सहमहामन्त्रीमा अमरेन्द्र कुमार साहको दाबी, चुनावी अभियान तीव्र ।

कोशी आवाज २०८३ मङ्सिर ८ गते मंगलवार ।

बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य अमरेन्द्र कुमार साहले प्रदेश सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणासँगै उहाँले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।

कांग्रेसलाई कोशी प्रदेशमा थप सुदृढ, संगठित र गतिशील बनाउने संकल्पसहित साह नेता तथा कार्यकर्तासँगको भेटघाट र छलफलमा सक्रिय हुनुभएको छ।

युवा नेताका रूपमा परिचित साहले प्रदेशका विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो उम्मेदवारीका पक्षमा समर्थन जुटाउने अभियान अघि बढाउनुभएको छ।

संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवाको नेतृत्व विकास तथा पार्टीलाई जनतासँग थप जोड्ने योजनालाई प्राथमिकतामा राख्दै उहाँ सहमहामन्त्री पदको प्रतिस्पर्धामा उत्रिनुभएको हो।