बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल क्याम्पसमा दुर्घटनाग्रस्त ।

बंगलादेश वायुसेनाको F-7 BGI प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल क्याम्पसमा दुर्घटनाग्रस्त भएको छ।

कोशी आवाज २०८२ श्रावण ५ गते सोमबार।

भारत अग्नि सेवा तथा नागरिक रक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहिद कमालले विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको र कम्तीमा १६४ जना घाइते भएको बताए।इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) ले दुर्घटनामा पाइलट फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लाम सहित १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।आईएसपीआरले आफ्नो विज्ञप्तिमा भनेको छ कि बंगलादेश वायुसेनाको एफ-७ बीजीआई विमान नियमित प्रशिक्षण उडानमा थियो। सोमबार दिउँसो १:०६ बजे ढाकाको कुर्मितोलामा रहेको वायुसेना बेसबाट उडान भरेपछि विमानमा यान्त्रिक गडबडी भएको थियो।

आईएसपीआरका अनुसार विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लामले ठूलो क्षतिबाट बच्न विमानलाई घना बस्ती भएको क्षेत्रबाट टाढा लैजान सक्दो प्रयास गरे तर दुर्भाग्यवश विमान ढाकाको दियाबारीमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजको दुई तले भवनमा ठोक्कियो।

आईएसपीआरका अनुसार यस घटनामा १६४ जना घाइते भएका छन्। तीमध्ये कम्तिमा ८४ जना अझै पनि अस्पतालमा उपचाररत छन्। तीमध्ये धेरैजसो बालबालिका छन्।