बिराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित मदर्सा नजिकै भित्री सडक खण्डमा एक मोटरसाइकल दुर्घटना ।

बिराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित मदर्सा नजिकै भित्री सडक खण्डमा एक मोटरसाइकल दुर्घटना ।

कोशी आवाज २०८२ साउन १७ गते शनिबार।

मोरङ रंगेली । सुचना अनुसार, BR 38 A 5489 नं. को मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको दुर्घटनामा ४० वर्षीया अख्तरी खातुन र १८ वर्षका मो. अजहर घाइते भएका छन्।

घाइते अख्तरी खातुन, जो कि मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १७ का स्थायी बासिन्दा हुन्,को टाउको र बायाँ हातमा चोट लागेको छ। उनकी स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

मोटरसाइकल चालक मो. अजहरको टाउको, हात र खुट्टामा पनि सामान्य चोट लागेको छ र उनलाई पनि उपचारको लागि कोशी अस्पताल बिराटनगरमा पठाइएको छ।

दुर्घटनास्थलमा प्रहरी टोली खटिएको छ र मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट मटेरुवाले नियन्त्रणमा लिएको छ।

प्रभावित व्यक्तिहरूको स्वास्थ्य गतिविधि निरन्तर स्थानीय स्वास्थ्य कार्यालयद्वारा अनुगमन भइरहेको छ।