विराटनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते ।

विराटनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते।

कोशी आवाज २०८२ साउन १८ गते आइतबार ।

मोरङ रंगेली । विराटनगर महानगरपालिका वार्ड नं ४ मा भएको एक सडक दुर्घटनामा वर्ष ४४ को दिनेश भट्टराई घट्नाको शिकार भएका छन्। उद्धारका अनुसार, कोशी राजमार्गमा मोटरसाइकलबाट दक्षिणतर्फ जादै गरेको प्र.१-०२-०५३ प ९१२१ नं.को मोटरसाइकलले भट्टराईलाई ठक्कर दिएको हो।

घटनामा भट्टराईको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको छ। उनका अवस्था बारेमा प्रहरीले जानकारी दिनुका लागि उद्धार टोली खटिएको छ। भट्टराई हाल जिल्ला संखुवासभा पाँचखपन नगरपालिका वार्ड नं १ का स्थायी बासिन्दा हुन्, तर हाल मोरङको विराटनगर महानगरपालिका वार्ड नं ४ मा डेरा गरि बस्दै आएका छन्।

घटनामा संलग्न मोटरसाइकलको नियन्त्रण भट्टाचोकमा रहेको र चालक २९ वर्षीय सुमित मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।