एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने
एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने ।

कोशी आवाज २०८२ चैत १५ गते आइतबार ।

विराटनगर । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताएकी छन्।

शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले एसइई–२०८२ परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न सबै सम्बन्धित निकायलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन्।

उनले परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पार्दै यदि कसैले मोबाइल साथमा ल्याएको पाइएमा जफत गरी नष्ट गरिने बताइन्। साथै, विद्यार्थी र अभिभावकलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिन्।

मन्त्री तिवारीले परीक्षा केन्द्रको सुरक्षा, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण र प्रभावकारी अनुगमनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा कार्यालयबीच समन्वय सुदृढ गर्न जोड दिइन्।