कानेपोखरी गाउँपालिकाको सभापतिमा दिपक राई सर्वसम्मत चयन ।

कानेपोखरी गाउँपालिकाको सभापतिमा दिपक राई सर्वसम्मत चयन ।

कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार ।

बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाको सभापतिमा दिपक राई सर्वसम्मत चयन हुनुभएको छ।

राईको सर्वसम्मत चयनले कानेपोखरीमा कांग्रेसभित्रको संगठनात्मक एकता र राजनीतिक सहमतिको सन्देश दिएको छ। स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्ने उद्देश्यसहित उहाँलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।नवनिर्वाचित सभापति राईले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै स्थानीय जनताका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले कार्यकर्ताबीचको एकता कायम गर्दै कांग्रेसलाई स्थानीय तहमा थप बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताउनुभएको छ।राईको चयनपछि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। कानेपोखरीमा संगठन विस्तार, कार्यकर्ता परिचालन र जनताको पक्षमा प्रभावकारी राजनीतिक भूमिका निर्वाह गर्न उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।