धनपालथानमा ८ वर्षीया बालिका झुन्डिएको अवस्थामा मृत फेला, प्रहरीद्वारा अनुसन्धान जारी

धनपालथानमा ८ वर्षीया बालिका झुन्डिएको अवस्थामा मृत फेला, प्रहरीद्वारा अनुसन्धान जारी

चन्दन पासवान/ कोशी आवाज
वैशाख ३० गते मङ्गलवार

रङ्गेली। मोरङको धनपालथान गाउँपालिका वडा नं २ भवानीपुर टोलमा ८ वर्षीया बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मङ्गलबार दिउँसो करिब ४ बजे रञ्जित कुमार मण्डलकी छोरी रितिका मण्डल आफ्नै घरको बरन्डामा प्लास्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीय बासिन्दाले झुन्डिएको देखेपछि होहल्ला गरेपछि आफन्तले डोरी फुकाएर बालिकालाई झिके पनि त्यसबेला उनी मृत भइसकेकी थिइन्। घटनाको खबर लगत्तै प्र.नि. नवराज कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमान अनुसार बालिकाले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

मृत बालिकाको शव पोष्टमार्टमका लागि रङ्गिल अस्पताल पठाइएको र घटनाको कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।