रतुवामाई नगरपालिका वार्ड नं ३ मा करेन्ट लागी तीनजना मध्ये दुईजनाको मृत्यु एकजना सामान्य ।

रतुवामाई नगरपालिका वार्ड नं ३ मा करेन्ट लागी तीनजना मध्ये दुईजनाको मृत्यु एकजना सामान्य ।

चन्दन कुमार पासवान/ कोशी आवाज २०८२ वैशाख ३१ गते बुधबार

मोरङ । रतुवामाई नगरपालिका वार्ड नं ३ मिर्चा डागीमा वैशाख ३० गते राति ८ बजे तीन जनालाई करेन्ट लागेपछि दुईजना गम्भीर अवस्थामा रंगेली अस्पताल ल्याएको थियो। मंगललाल सिहको छोरा निरज कुमार सिहको बिबाहमा माइक बासमा बाधेकोमा अचानक आएको हावाहुरीले उक्त माइक बाधेको बास ढल्न गई हाइ टेन्सन लाइनमा छुन पुग्दा करेन्ट प्रवाह भई छिमेकी दुईजना महिला सतारुलाल गनगाईको श्रीमती बर्ष ७३ की सुर्य देवी गनगाइ र जतरुलाल गनगाईकी श्रीमती बर्ष ७० की रामुदेवी गनगाईलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि गम्भिर घाइते भई उपचारको लागि रँगेली अस्पताल रंगेलीमा ल्याएकोमा उपचारको क्रममा ९ बजे राती दुईजनाकै मृत्यु भएको भन्ने प्रहरीको स्रोतले जनाएको छ।

उक्त महादेवा प्रहरी को टोली खटि गई बुझ्दा रतुवामाई नगरपालिका वार्ड नं ३ बस्ने बर्ष ३० को राधा कुमारी सिह समेतलाई करेन्ट लागि नगर अस्पताल झुर्कियामा ल्याई सामान्य उपचार पश्चात डिस्चार्ज भई घर फर्किएका छन् ।

उक्त सब रङ्गेली अस्पतालमा रहेको प्रहरीको स्रोतले जनाएको हो ।
प्रहरीले थप अनुसन्धानको गरिरहेको छन् ।