रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कोशी आवाज २०८३ असोज १९, सोमबार

विराटनगर । विश्व शिक्षक दिवसको अवसरमा मोरङको रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
चाँदनी फाउन्डेसनको आयोजनामा सोमबार रङ्गेली नगरपालिका सभा हलमा प्रतियोगिता आयोजना गरिएको हो। विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूको वक्तृत्वकला, अभिव्यक्ति क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।शिक्षक सम्मानित भए, शिक्षा बलियो हुन्छ, शिक्षा बलियो भए, राष्ट्र समृद्ध हुन्छ।’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।प्रतियोगितामा सहभागी विद्यार्थीहरूले शिक्षा, शिक्षकको भूमिका तथा राष्ट्र निर्माणमा शिक्षाको महत्वलगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आत्मविश्वासका साथ आफ्ना धारणा राख्दै वक्तृत्वकला प्रस्तुत गरेका थिए।कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, अभिव्यक्ति कला र आत्मविश्वास विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।चाँदनी फाउन्डेसनले विद्यार्थीहरूको शैक्षिक तथा सिर्जनात्मक क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।