कांग्रेस १५औँ महाधिवेशन : पुर्णिमा देवद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा ।
कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।
बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशबाट युवा नेत्री पुर्णिमा देवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
देवले महिला–३५ वर्षमुनि समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन्। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको वैचारिक निष्ठालाई आत्मसात् गर्दै पार्टीभित्र युवा तथा महिलाको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले ‘तपाईंको भोट, मेरो संकल्प’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरूसँग मत र समर्थनको अपिल गरेकी छन्।
३५ वर्षमुनिको महिला समूहबाट उनको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको सहभागिता र प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।