

रङ्गेली दुघर्टनामा बाबु छोरा सहित पाँच जना मध्य चार जना घाइते, एकको अवस्था गम्भीर
कोशी आवाज २०८२ वैशाख ३१ गते बुधबार
मोरङ। रंगेली २ आमतोला स्थित मङ्गलवार साझा करिब ५:०० बजे रंगेलीबाट कर्सिया जाँदै गरेको को १६ प ७०२८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा बाबुछोरा सहित चार जना घाइते भएका छन्।
साइकलमा सवार ३४ वर्षीय कैलाश साह र उनका ९ वर्षीय छोरा आर्यन साह घाइते भएका छन्। दुबैजनालाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल, विराटनगर रिफर गरिएको छ। कैलाश साहको टाउको र खुट्टामा चोट लागेको छ र हाल आइसियुमा गम्भीर अवस्थामा उपचार भइरहेको छ भने छोरा आर्यनको अवस्था सामान्य छ।
मोटरसाइकल(मोस) चालक २७ वर्षीय बसन्त कुमार मण्डललाई केही नभएको जनाइएको छ। तर मोस ३२ वर्षीय रन्जन राजबंशीको टाउकोमा चोट लागेको र उनलाई कोसी अस्पताल, विराटनगरमा उपचार भइरहेको र अर्का सवारी यात्री, ३४ वर्षीय महेश मण्डललाई सामान्य चोट लागेको र उनी घर फर्किसकेको प्रहरीले जनाएको छ।
मोटरसाइकल, साइकल र चालकलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।