सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न ।

सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न ।

कोशी आवाज २०८३ बैशाख ३० बजे बिहिवार ।

बिराटनगर । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” अनुसार सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने सरसफाइ सप्ताहका क्रममा संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित कार्यक्रममा सम्माननीय सभामुखको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, प्रतिनिधि सभाका माननीय उपसभामुख तथा राष्ट्रिय सभाका माननीय उपाध्यक्षको समेत उपस्थिति रहेको थियो।

उक्त अवसरमा संघीय संसद सचिवालय परिसरको सरसफाइ गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।