

धनपालथान गाउँपालिकामा दोस्रो उपाध्यक्ष कप महिला तथा पुरुष प्रतियोगिता-२०८२ सुरु भएको छ ।
कोशी आवाज २०८२ जेठ १२ गते सोमबार ।
गाउँपालिकाको वडा न-३ सोराभाग स्थित वडा कार्यलय अगाडिको मैदानमा धनपालथान युवा क्लबको आयोजनामा ” दोश्रो उपाध्यक्ष कप महिला तथा पुरुष कबडि प्रतियोगिता-२०८२” को उद्घाटन समारोह सहित साप्ताहिक प्रतियोगिता कार्यक्रम संचालन भएको हो।
कार्यक्रममा आयोजक धनपालथान युवा क्लब का अध्यक्ष शेखर विश्वासको अध्यक्षतामा प्रमुख अथिती प्रदेश सांसद गयानन्द मण्डल, विशिष्ट अथिती गापा अध्यक्ष जिवछ प्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानो,अथितीहरु वडा -३ का वडा अध्यक्ष नागेश्वर मंडल,वडा -४ का वडा अध्यक्ष श्रीराम चौधरी,वडा न-२ का वडा अध्यक्ष महम्मद ख्वाजा , वडा न-६ का वडा अध्यक्ष महम्म हुसेन ,वडा न-५ का वडा अध्यक्ष तथा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष गयानन्द सरदार, लगायत जनप्रतिनिधि हरु, वडा स्तरीय विभिन्न राजनीति दलका प्रतिनिधिहरु, क्लबका प्रतिनिधिहरु, सहभागी खेलाडीहरु ,दर्शक सर्व साधारण सहित सयौं संख्यामा भब्य सहभागिता रहेको थियोे ।
कार्यक्रममा बोल्दै , प्रमुख अथिती प्रदेश माननीय सांसद गयानन्द मण्डलले बर्सौ बर्ष देखि पुरुष प्रधान मानसिकता बाट प्रेरित नेपाली समाज बराबरी सावित गर्न पटक पटक संघर्स हरु हुँदै आएको उल्लेख गर्नुहुदै” संविधानमा महिला हरु लाई पुरुषको तुलनाम सबै छेत्रमा तहगत सम्मानता, समावेशीता हरु प्रदान गर्दै ,अग्रगामी महिला सुनिश्चितता र सहभागिता लाई मजबुत पार्नुपर्ने तर्फ जोड दिदै” वहाँले संविधानमा भएको परिकल्पना बमोजिम अहिले संघ प्रदेश र स्थानीय सरकार मार्फत महिला लाई पनि पुरुष सङसङै अगाडि बढाउन सके मात्र परिवर्तनको अनुभव गर्न सकिने धारणा राख्नुभएको छ ।
जारी प्रतियोगितामा जम्मा १६ वटा संस्था तथा क्लब हरुको सहभागिता रहेको र प्रतियोगिता आगामी जेष्ठ १७ गते समापन हुने बताइएको छ ।