एक व्यक्ति, एक पद’ : नगरसभापति बने मेयर र वडा अध्यक्षको दाबी गर्दिनँ  विकास शिवाकोटी ।

‘एक व्यक्ति, एक पद’ : नगरसभापति बने मेयर र वडा अध्यक्षको दाबी गर्दिनँ  विकास शिवाकोटी ।

कोशी आवाज २०८३ असोज ७ गते बुधबार ।

बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला रङ्गेली नगरसभापतिका दावेदार विकास शिवाकोटीले ‘एक व्यक्ति, एक पद’को अवधारणालाई आत्मसात गर्दै आफू नगरसभापति बनेपछि अन्य पदका लागि दाबी नगर्ने धारणा सार्वजनिक गर्नुभएको छ।

आवर प्रदेशसँगको विशेष कुराकानीमा शिवाकोटीले नगरसभापतिको जिम्मेवारी पाए त्यसै पदमा रहेर पार्टी संगठनलाई बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नगरसभापति भइसकेपछि न वडा अध्यक्षको दाबेदारीमा जान्छु, न मेयरको दाबेदारीमा आफ्नो नाम अगाडि बढाउँछु।”

पार्टीमा व्यक्तिगत पदको आकांक्षाभन्दा संगठन निर्माण र आफूले पाएको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। नगरसभापतिको जिम्मेवारी पाए पार्टी संगठनलाई थप व्यवस्थित, संगठित र मजबुत बनाउन आफ्नो ध्यान केन्द्रित गर्ने शिवाकोटीले बताउनुभयो।

रङ्गेली नगरसभापति पदका लागि हाल विकास शिवाकोटीसहित विभिन्न नेताहरूको नाम चर्चामा रहेको छ। कांग्रेसको नगर अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरूले आफ्नो धारणा र प्राथमिकता सार्वजनिक गर्ने क्रम बढेको छ।