

रंगेलीमा मोटरसाइकल दुर्घटना: चार वर्षीय बच्चा घाइते
कोशी आवाज २०८२ श्रावण ५ गते सोमबार ।
मोरङ रङ्गेली । रंगेली नगरपालिका वडा नं – ०९ फर्साडाँगी चोकस्थित कानेपोखरी रंगेली सडक खण्डमा भएको एक दुर्घटनामा चार वर्षीय दिपेश यादब घाइते भएका छन्। दिपेश, जो कानेपोखरीबाट रंगेली तर्फ फर्किँदै गरेका बागमति प्रदेश ०२-०२१ प ८५८१ नम्बरको मोटरसाइकलको ठक्करमा परेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा दिपेशको टाउको र छातिमा सामान्य चोट लागेको छ, र उहाँलाई उपचारको लागि रंगेली अस्पताल रंगेलीतर्फ पठाइएको छ।
मोटरसाइकल चालक २९ वर्षीय राजेन्द्र मान कार्की पनि घटनामा संलग्न छन्। दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ र स्थानीयलाई सर्तक रहन र सडक सुरक्षा नियमहरूको पालना गर्न।