

धनपालथानमा मोटरसाइकल दुर्घटना: दुई घाइते।
कोशी आवाज २०८२ श्रावण ४ गते आइतबार ।
मोरङ रंगेली । धनपालथान गाउँपालिका वडा नम्बर ६ स्थित बिराटनगर कर्सिया हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। प्र १-०४-००२ प. २३१४ नम्बरको मोटरसाइकल र प्र १-०१-०१२ प ३०४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाउँदा यी दुई चालक घाइते भएका हुन्।
घाइतेमध्ये एक, वर्ष २४ का रामशरण राय, प्र १-०४-००२ प. २३१४ नम्बरको मोटरसाइकल चालक, को टाउकोमा सामान्य चोट लागेको छ र उनी धनपालथान गाउँपालिका वडा नम्बर ४ स्थित सिर्जना मेडिकलमा उपचार भइरहेको छ।
दोस्रो चालक, वर्ष २२ का अफरोज आलम, प्र १-०१-०१२ प ३०४६ नम्बरको मोटरसाइकल चालक, को दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागी कोशी अस्पताल बिराटनगर तर्फ पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा संलग्न दुबै मोटरसाइकललाई प्रहरी चौकी कर्सियाले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।
यस्तो घटनाबाट सचेत रहन र ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरिन्छ।