सुनवर्षी–४ कासिजाममा मोटरसाइकल ठक्कर, साईकल यात्रीको मृ*त्यु

सुनवर्षी–४ कासिजाममा मोटरसाइकल ठक्कर, साईकल यात्रीको मृ*त्यु

कोशी आवाज २०८२ पुस ४ शुक्रबार गते ।

मोरङ । सुनवर्षी नगरपालिका–४ कासिजामस्थित भित्री सडक खण्डमा गोलगाउँबाट कासिजामतर्फ जाँदै गरेको मे.११प.१४० नं.को मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ठक्करबाट घाइते सुनवर्षी नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम प्रसाद दासलाई उपचारका लागि रंगेली अस्पताल रंगेलीमा ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–४ बस्ने २७ वर्षीय अकलेश कुमार मण्डलको टाउको र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको र अवस्था मध्यम रहेको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मोटरसाइकल तथा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि कार्यालयतर्फ ल्याइइरहेको छ। शव भने रंगेली अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।