रंगेलीमा राजनीतिक भू–कम्प: एमालेका वर्तमान वडा अध्यक्षसहित कांग्रेसका नेताहरू रास्वपामा प्रवेश
कोशी आवाज २०८२ पुस ६ गते आइतबार ।
मोरङ । रंगेली नगरपालिका–१ का दोस्रो कार्यकालका वडा अध्यक्ष तथा नेकपा (एमाले)बाट निर्वाचित कृष्ण खनाल, नेपाली कांग्रेस रंगेलीका नेता तथा पछिल्ला स्थानीय तह निर्वाचनमा वडाध्यक्षका बागी उमेदवार शिवु थापा सहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
उनीहरूलाई रास्वपाले औपचारिक कार्यक्रममार्फत पार्टी प्रवेश गराउँदै स्वागत तथा बधाई व्यक्त गरेको छ। यस प्रवेशपछि मोरङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी थप सशक्त र सुदृढ बनेको रास्वपा नेता बिरेन शाहले बताएका छन्।
पार्टीका अनुसार सफा राजनीति, सुशासन र जनमुखी नेतृत्वलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धतासहित यो सहयात्रा ऐतिहासिक बन्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ सोच र वैकल्पिक राजनीतिक अभियानलाई विस्तार गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न दलका अनुभवी नेताहरूको प्रवेशले स्थानीय तहमा नयाँ राजनीतिक समीकरण र चर्चाको विषय बनेको छ