दुहबी–१२ र बर्जु–१ को सिमाना बूग्डहरी केशलियाघाट श्री कौशिका महारानी मन्दिरको प्राङ्गणमा, छठ पूजा समारोह तथा भजन–जागरण आयोजना हुँदै

सुनसरी – सूर्यदेव तथा छठी माताको आराधनासहित धार्मिक भजन–कीर्तन र जागरण कार्यक्रम आयोजना हुने, स्थानीय युवा समाजद्वारा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागिताका लागि आग्रह।

सूर्यदेव तथा छठी माताको आराधना, धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दुहबी नगरपालिका वडा नं. १२ र बर्जु गाउँपालिका वडा नं. १ को सिमाना बूग्डहरीमा छठ पूजा समारोह २०८३ आयोजना हुने भएको छ।

स्थानीय युवा समाजको आयोजनामा आगामी २०८३ साल कार्तिक २९ गते आइतबार छठ पूजा समारोहसँगै भजन तथा जागरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

छठ पर्वको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा स्थानीय भक्तजन, श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै छठ पर्वलाई भव्य र सभ्य रूपमा मनाउने लक्ष्य आयोजकले लिएको छ।

आयोजक स्थानीय युवा समाजले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

आयोजक: स्थानीय युवा समाज बूग्डहरी
स्थान: श्री कौशिका महारानी मन्दिरको प्राङ्गण, बूग्डहरी (दुहबी–१२ र बर्जु–१ को सिमाना,बूग्डहरी,सुनसरी
मिति: २०८३ कार्तिक २९ गते, आइतबार