झापाको मेचीनगरबाट ५ लाख ६५ हजारभन्दा बढीको अवैध सामान बरामद ।
कोशी आवाज २०८३ कार्तिक २४ गते मंगलबार ।
बिराटनगर । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर नगरपालिका–११, धाइजनस्थित सीमावर्ती क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाँडाकुँडा तथा सामान ढुवानीमा प्रयोग गरिएको एक अटोसहित कुल ५ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।