नेपालमा दर्ता नभएको फेसबुकले एक वर्षदेखि सरकारलाई तिर्दै आएकाे थियाे

काठमाडौं । नेपाल सरकारले नेपालमा दर्ता नएको सामाजिक सञ्जालहरु बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । सञ्चार मन्त्रालयले नेपाल प्राधिकरणलाई पत्र पठाएको हो ।

 

नेपालमा कुनै कम्पनी वा उद्योग दर्ता गर्न परेमा प्रक्रिया झन्झटिलो भएको भन्दै उद्योगी र व्यवसायीले विरोध गर्दै आएका छन् । सरकारले कर उठाउँदै आएको फेसबुकको माउ कम्पनी मेटाले पनि नेपालमा कर तिर्दै आएको थियो ।

 

तर, कर तिरे पनि नेपालमा सूचीकरण हुन भन्ने पटक पटक सञ्चार मन्त्रालयले सूचना निकालेको थियो । हिजोसम्म सूचीकरणको लागि नेपाल सरकारले समय दिएपछि सूचीकरणको लागि नआएपछि बन्द गर्न भन्दै सञ्चार मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएको हो ।

ठूला करदाता कार्यलयका प्रमुख दिलिप कुमार गौतमले नेपालमा मेटाले विशेष आर्थिक ऐन अनुसार करमा दर्ता भएर कर तिर्दै आएको नेपाल प्रेससँग बताए ।

 

उनले भने, ‘२०८० असारदेखि ठूला करदाता कार्यलयमा आएर कर तिरिरहेको छ । करका कुरा गोप्य हुने भएकाले कति तिर्छ भन्न मिल्दैन । करमा दर्ता भएर विद्युतीय सेवा कर २ प्रतिशत तिर्दै आएको छ । असौजको अन्त्यमा पनि मेटा कर तिर्न आउनु पर्ने हुन्छ । अब के गर्छ भन्ने जानकारी छैन ।’

 

तर, सरकारले भने सञ्चार मन्त्रालयमा सूचिकृत हुने नभएको भनेर बन्द गर्न प्राधिकरणलाई पत्र कटेको छ भने प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई फेसबुक लगात नेपालमा सूचीकरण नभएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिसकेका छन् ।