नवरात्रि सेवा शिविर–२०८२ सम्पन्न : स्काउट परिवारप्रति आभार व्यक्त ।

नवरात्रि सेवा शिविर–२०८२ सम्पन्न : स्काउट परिवारप्रति आभार व्यक्त ।

कोशी आवाज २०८२ असोज २१ गते मंगलबार ।

मोरङ रंगेली । स्थानीय स्काउट कार्यालय रङ्गेली, मोरङको आयोजनामा रङ्गेलीस्थित प्रसिद्ध संसारी माता मन्दिर परिसरमा २०८२ असोज ६ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको नवरात्रि सेवा शिविर–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

सेवा शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने स्काउट लिडर विपिन लुइटेल, रङ्गेली ओपन स्काउट क्र्युका सबै रोभर–रेन्जरहरू, महेन्द्र स्काउट दल (महेन्द्र माध्यमिक विद्यालय रङ्गेली) तथा आदर्श स्काउट दल (आदर्श मा.वि.) का स्काउटहरूलाई बिहान, दिउँसो र रात्रीकालीन सत्रहरूमा सक्रिय सहभागिता जनाइदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

त्यस्तै असोज १३ गतेको फूलपाती बढाइ कार्यक्रममा स्काउटहरूलाई सहभागी गराइदिनु भएका मिनिल्याण्ड स्काउट दल, सन ग्लोरी स्काउट दल, र पब्लिक स्काउट दल प्रती विशेष आभार व्यक्त गरिएको छ।

असोज १५ गतेको निशान यात्राका अवसरमा संसारी माता मन्दिर र काली मन्दिर क्षेत्रमा सेवा भावपूर्वक सहयोग गर्नु भएका रङ्गेली ओपन स्काउट क्र्यु, महेन्द्र स्काउट दल, आदर्श स्काउट दल, तथा राष्ट्रिय सेवा दल मोरङ की निर्देशक समिक्षा सुतार कार्की लगायत सबै सदस्यहरूलाई पनि हार्दिक धन्यवाद प्रकट गरिएको छ।

त्यस्तै असोज १६ गते काली मन्दिर रङ्गेलीमा आयोजित दशमी मेलामा सेवा प्रदान गर्नु भएका रङ्गेली ओपन स्काउट क्र्यु, महेन्द्र स्काउट दल, तथा आदर्श स्काउट दललाई विशेष धन्यवादसहित कृतज्ञता व्यक्त गरिएको छ।

लगातार ११ दिनसम्म सञ्चालन भएको यस सेवा शिविरमा सहयोग गर्नु भएका पूर्व स्काउटहरू र नन–स्काउट ज्युहरू प्रती पनि हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

शिविर सञ्चालनका क्रममा कुनै पनि प्रकारका भूल, त्रुटि वा कमी–कमजोरी भएको भए क्षमाप्रार्थना गर्दै, आगामी दिनमा सेवाकार्यलाई अझ प्रभावकारी बनाउनका लागि सुझाव–सल्लाह प्रदान गर्न सम्पूर्ण अग्रज, बुद्धिजीवी, युवा तथा साथीहरूलाई आग्रह गरिएको छ।

आगामी दिनहरूमा पनि स्काउटको आधारभूत सिद्धान्त — आफू प्रतिको कर्तव्य, अरू प्रतिको कर्तव्य र ईश्वर प्रतिको कर्तव्य — वहन गर्न सबै रोभर, रेन्जर, स्काउट तथा स्काउटर हरू तत्पर रहनुहुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।

मोति राम ढुङ्गाना
स्थानीय प्रमुख आयुक्त
रङ्गेली नगरपालिका, मोरङ