बिराटनगरमा कार दुर्घटना: वालमा ठक्कर, मानवीय क्षति छैन।

बिराटनगरमा कार दुर्घटना: वालमा ठक्कर, मानवीय क्षति छैन।

कोशी आवाज २०८२ साउन १८ गते आइतबार।

मोरङ रंगेली । बिराटनगर महानगरपालिका, वार्ड नं. ११ स्थित नयाँ गोल्डेन अस्पताल छेउमा, महेन्द्र चोकबाट नयाँ गोल्डेन तर्फ जाँदै गरेको बा प्र ०१-०३२ च ७९४१ नम्बरको कारको अनियन्त्रित भिडन्तले स्थानीय अरुण थापाको घरको वालमा ठक्कर दिइएको छ।

घटनामा कारले घरको कोठामा समेत क्षति पुर्याएको उल्लेख गरिएको छ, तर सौभाग्यवश कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे छानबिन गर्दै कार चालक, २९ वर्षीय उत्कृष्ट भट्टराईलाई नियन्त्रणमा लिएको छ, जो जिल्ला मोरङ, विराटनगर वार्ड नं. ४ का स्थायी बासिन्दा हुन्।

घटनामा संलग्न कार भने घटनास्थलमै रहेको छ। प्रहरी कार्यालय विराटनगरले यस घटनामा कुनै पनि मानवीय क्षति नभएको जानकारी दिएको छ।

स्थानिय प्रहरीले दुर्घट्नाबारे थप जानकारी संकलन गरिरहेको छ।