

सुन्दरहरैंचामा मोटरसाइकल ठक्कर, एक जना पैदल यात्री घाइते ।
कोशी आवाज २०८२ साउन १९ गते सोमबार।
मोरङ रङ्गेली । गए राती सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ चाँदनी पेट्रोल पम्पस्थित पूर्व-पश्चिम राजमार्गमा एक दुर्घटना घटेको छ। बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ६३८१ नम्बरको मोटरसाइकलले स्थानीय पैदल यात्री ६१ वर्षे रामविलास ठाकुरलाई ठक्कर दिएको हो।
दुर्घटनामा रामविलास ठाकुरको बाया खुट्टामा चोट लागेकोले उनलाई तत्कालनै नोबेल अस्पताल, बिराटनगरतर्फ पठाइएको छ। हालको अवस्थामा उहाँको स्वास्थ्य सामान्य रहेको जानकारी प्राप्त भएको छ।
दुर्घटना पछि मोटरसाइकल र चालक २६ वर्षीय आशिष तामाङलाई नियन्त्रणमा लिइएको छ। यिनी सुन्दर हरैंचा वडा नम्बर ११ का निवासी हुन्। प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ र इलाका प्रहरी कार्यालय बिराटचोकमा आशिष तामाङलाई राखिएको बताइएको छ।
स्रोतले यो घटना सन्दर्भमा थप जानकारीको लागि प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।