नयाँ सोच र युवा नेतृत्व बिना देशमा परिवर्तन सम्भव छैन : मोरङ–५ का उम्मेदवार सुजित कुमार शाह ।

नयाँ सोच र युवा नेतृत्व बिना देशमा परिवर्तन सम्भव छैन : मोरङ–५ का उम्मेदवार सुजित कुमार शाह ।

कोशी आवाज २०८२ माघ १४ गते बुधबार ।

मोरङ । देशमा वास्तविक परिवर्तनका लागि अनुहार मात्र नयाँ भएर नपुग्ने, सोच र कार्यशैली पनि नयाँ हुनुपर्नेमा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार, जेन्जी युवा नेता सुजित कुमार शाहले जोड दिएका छन्। उनले पुरानो प्रवृत्तिको निरन्तरता होइन, नयाँ पुस्ताको दृष्टि, सोच र नेतृत्व आवश्यक रहेको बताएका छन्।

शाहका अनुसार यसपटक युवाहरू केवल समर्थन जनाउने भूमिकामा सीमित नरही स्वयं नेतृत्व लिन राजनीतिक मैदानमा उत्रिएका हुन्। भाषण र नारामा मात्र सीमित नहुने, जिम्मेवारी बहन गर्दै व्यवहारमै परिवर्तन देखाउने प्रतिबद्धतासहित आफूहरू अघि बढेको उनको भनाइ छ।

उनले आफ्नो उम्मेदवारी कुनै एक व्यक्तिको मात्र नभई परिवर्तन चाहने सम्पूर्ण युवापुस्ताको साझा आवाज भएको उल्लेख गरे। नयाँ पुस्ताले अब इतिहास लेख्ने समय आएको र देशलाई नयाँ दिशामा लैजान युवाहरू पूर्ण रूपमा तयार रहेको शाहले दाबी गरे।

शाह चुनाव चिन्ह ‘त्रिभुज’ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। स्थानीय तहदेखि केन्द्रसम्म युवाको सक्रिय सहभागिता बढ्दै जाँदा राजनीतिमा नयाँ बहस र अपेक्षा सिर्जना भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। आगामी निर्वाचनमा युवाको भूमिका निर्णायक हुने संकेत देखिन थालेको उनीहरूको विश्लेषण छ।