विराटनगरमा साइकल यात्रीलाई स्कुटरले ठक्कर, एक घाइते ।
विराटनगरमा साइकल यात्रीलाई स्कुटरले ठक्कर, एक घाइते ।

कोशी आवाज २०८२ असोज २ गते बिहीबार ।

विराटनगर । विराटनगर महानगरपालिका–४ हाम्रो अस्पताल नजिकैको कोशी राजमार्गमा साइकल यात्रीलाई स्कुटरले ठक्कर दिँदा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार विराटनगर–५ बस्ने ४० वर्षीय दिपक उरावलाई कंचनबारीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २४१४ नम्बरको स्कुटरले ठक्कर दिएको हो। दुर्घटनामा टाउकोमा चोट लागेका उरावलाई तत्काल उद्धार गरी उपचारका लागि गंगाचोकस्थित विराट टिचिङ अस्पताल पठाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

स्कुटर चालक विराटनगर–१२ बस्ने २२ वर्षीया लक्ष्मी राई उपचारमा संलग्न रहेकी छन्। घाइते उरावलाई भने उनका आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न स्कुटर हाल CRV भट्टाचोकको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।