कटहरीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते ।

कटहरीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते ।

कोशी आवाज २०८२ असोज २ गते बिहीबार ।

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दिबारी बस्ने १४ वर्षीय प्रान्जल लिम्बु मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।

प्रदेश १–०२–०५४ प ९९१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका लिम्बुलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक कटहरी–२ कदमगाछी बस्ने २३ वर्षीय भोला कुमार मण्डल उपचारमा संलग्न रहेको र मोटरसाइकल वडाप्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।