लेटाङमा दुई मोटरसाइकल ठोक्किँदा एक किशोरी घाइते ।

लेटाङमा दुई मोटरसाइकल ठोक्किँदा एक किशोरी घाइते ।

कोशी आवाज २०८२ असोज २ गते बिहिबार ।

विराटनगर । लेटाङ नगरपालिका–४ मिलन चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक किशोरी घाइते भएकी छन्।

गुवाबारीबाट लेटाङ बजारतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प १७४ नम्बरको मोटरसाइकल र को ३३ प ६२४५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ६२४५ नम्बरको मोटरसाइकलमा सवार लेटाङ–१ की १७ वर्षीया जेनिशा मगर घाइते भएको प्रहरीले जनाएको छ। उनको बाँया खुट्टामा चोट लागेको र प्रारम्भिक उपचारपछि बिराट नर्सिङ होम, विराटनगरमा रेफर गरिएको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनामा संलग्न ६२४५ नम्बरको मोटरसाइकल चालक लेटाङ–१ का ३३ वर्षीय ज्ञानु मगर र १७४ नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशी–३ का २७ वर्षीय सन्तोष ताजपुरीलाई पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।