विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते।

विराटनगरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते।

कोशी आवाज २०८२ असोज २ गते बिहीबार ।

विराटनगर । विराटनगर महानगरपालिका–१० तीनटोलीया पिपलचोकस्थित भित्री सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

उत्तरतर्फ जाँदै गरेको को१०प ३६०४ नम्बरको मोटरसाइकल र पूर्वतर्फबाट आएर उत्तरतर्फ मोडिन लागेको को२२प ३२४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमा विराटनगर–१४ बस्ने ३० वर्षीय रोशन यादव, २८ वर्षीय संजय यादव र विराटनगर–१८ बस्ने ३५ वर्षीय गणेश यादव रहेका छन्।

प्रहरीका अनुसार मोटरसाइकल चालक रोशन यादवको बाँया आँखामुनि चोट लागेको छ। उनलाई कोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको छ। सोही वडाका संजय यादवको अनुहार र टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको र उनी न्युरो अस्पताल विराटनगरमा उपचाररत छन्। त्यस्तै, गणेश यादवको टाउकोमा चोट लागी अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ।