

मोरङमा बेवारिसे कारसहित ठूलो परिमाणमा गाँजा बरामद ।
कोशी आवाज २०८२ असोज ३ गते शुक्रबार।
विराटनगर । मोरङ जिल्लामा प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको कारबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–८, यादवचोकदेखि भतिगञ्जतर्फ जाने बाटोको छेउमा प्रदेश १-०२-००१ च १६६६ नम्बरको कार चालकबिनै रोकी राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा कारभित्र १५ बोरा गाँजा बरामद भएको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेपछि थप टोली परिचालन गरिएको थियो।
बरामद गरिएको गाँजा र कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। यस सम्बन्धमा चालकको खोजतलास तथा पहिचान कार्य भइरहेको प्रहरीले जनाएको छ।