प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गर्ने ।

प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गर्ने 

कोशी आवाज २०८२ मङ्सिर १८ गते बिहीबार ।

बिराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पेर देशलाई तीव्र विकासको मार्गमा अघि बढाउनुपर्ने सरकारको प्रमुख দायিত্ব रहेको बताउनुभएको छ।

ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले सरकार चुनावका लागि पूर्ण तयारीमा रहेको जानकारी दिनुभयो। साथै, नवयुवा आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि उल्लेख गर्नुभयो।

नवयुवा आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी तथा गास, बास, कपासको ग्यारेन्टीका माग राखेको उल्लेख गर्दै ती माग पूरा गर्न सबै पक्ष कटिबद्ध हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो।

उहाँले सांस्कृतिक संरक्षणलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।