श्रम मन्त्रीसँग रास्वपाका सांसदको भेट: रोजगारी र श्रमिक अधिकारमा जोड ।
कोशी आवाज २०८२ चैत २४ गते मंगलबार ।
बिराटनगर । मोरङ क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले श्रम मन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्।
भेटमा रोजगारी सिर्जना, वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार तथा श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ। सांसदले श्रमिकमैत्री नीति निर्माण र कार्यान्वयनमा जोड दिँदै स्पष्ट र समाधानमुखी धारणा प्रस्तुत गरेका छन्।
उक्त भेटमा नेपाली श्रमिकको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्न नीतिगत सुधार तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।