गृहमन्त्री सुधन गुरुङको चेतावनी : ‘गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही हुन्छ’।

गृहमन्त्री सुधन गुरुङको चेतावनी : ‘गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कारबाही हुन्छ’।

कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार ।

बिराटनगर । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले आफ्नो पदीय मर्यादा विपरीत गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन्।

गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका छन्। पदले सूचनामा पहुँच प्रदान गरे पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नदिने उनको भनाइ छ।

उनका अनुसार राज्यका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक हुन सक्छ।

गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्।

“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन। कानूनको कठघरामा ल्याइनेछ,” उनले भनेका छन्।

गृहमन्त्रीको यो अभिव्यक्तिलाई गृह प्रशासनभित्रको गोपनीयता र संवेदनशील सूचनाको संरक्षणलाई कडाइका साथ लागू गर्ने संकेतका रूपमा हेरिएको छ।